बुटवल । बुटवलको स्कलर्स होम सेकेण्डरी स्कुलले विगत १३ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको जिल्लास्तरीय अन्तर विद्यालय रनिङ शिल्ड हाजिरीजवाफ (क्बिज) प्रतियोगिताको उपाधि ग्रिन पलान्ट इङ्लिस र्बोडिङ स्कुलले जितेको छ ।
विहिबार विद्यालयले ३४ औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको १२ औँ संस्करणको उक्त प्रतियोगिता ग्रिन प्लान्ट जितेको हो । जितसँगै १० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै प्रतियोगितामा अक्सफोर्ड मावि दोस्रा र सेभेन स्टार ग्रिन पलान्ट इङ्लिस र्बोडिङ स्कुल तृतीय भए । उनीहरुले क्रमशः ७ हजार ५००, तृतीयलाई ४ हजार ५०० रुपैयाँ प्राप्त गरेको कार्यक्रम संयोजक नेत्र भट्टराईले बताए ।
प्रतियोगितामा जिल्ला भरबाट गरी ४४ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । सहभागि मध्य अक्स्फोड मावि, देवदह इङ्लिस र्बोडिङ स्कुल, ग्रिन पलान्ट इङ्लिस र्बोडिङ स्कुल , सेभेन स्टार इङ्लिस र्बोडिङस्कुल र ग्यालेक्सी इङ्लिस र्बोडिङ स्कुलले छनौट चरण पार गरेका थिए भने गत वर्षको विजेता एभरेस्टले भने स्वत छनौटमा परेको थियो ।
हाजिरीजवाफ जवाफ प्रतियोगिताको विहिबार जिल्ला शिक्षा समन्वय एकाई रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले विद्यार्थीलाई विश्वमा भएका पछिल्लो गतिविधिमा पनि जानकार गराउन आवश्यक रहेको बताए । हाजिरजवाफ प्रतियोगिताले विद्यार्थीहरुलाई विशेष सहयोग पुराउने बताए ।
उद्घाटन सत्रमा बोल्दै विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले विद्यार्थीहरु किताबी ज्ञानसँगै आइक्यु, जिके लगायतमा पनि अब्बल हुनु आवश्यक रहेको बताए । आइक्यु, जिकेमा अब्बल भए लोकसेवा लगायतका परीक्षामा समेत उत्तिर्ण हुन सहज हुने बताए । विद्यार्थीहरुलाई आफ्नो बौद्धिक ज्ञानको परीक्षण गर्ने मौका मिलोस भन्ने उद्धेश्यका कारण विद्यालयले अन्तरविद्यालय हाजिरिजवाफ प्रतियोगिताको आयोजना गर्ने गरेको बताए ।
कोरोनाका कारणले १ वर्ष कार्यक्रम गर्न सकेको भएता पनि अन्य वर्षमा भने विद्यालयले निरन्तर रुपमा हाजिरजवाफ प्रतियोगिता गर्दै आइरहेको बताए । एनप्याब्सनका केन्द्रिय सल्लाहकार राजु गुरुङले विद्यार्थीहरुलाई सबै सौद्धान्तिकसँगै व्यवहारिक विषयमा पनि अब्बल गराउनु अहिलेको आवश्यकता रहेको बताए ।
यस्तै अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले यस प्रकारका प्रतियोगिता आयोजना गर्दा विद्यालयहरु विच आत्मिय सम्बन्ध प्रगाढ हुने बताए । उनले स्कलर्स होमलाई यो प्रतियोगितालाई निरन्तर रुपमा आयोजना गरि राख्न पनि आग्रह गरे ।
कार्यक्रम लेखा प्रमुख लोकप्रसाद भण्डारी (राजु) को संचालन र कार्यक्रम संयोजक नेत्र भट्टराईको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ वार्षिकोत्सव शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छ । विद्यालयले वार्षिकोत्वसको अवसरमा विभिन्न २८ विधामा खेलकुदका कार्यक्रम सम्पन्न समेत गरिसकेको छ ।
३ वटा ब्लकमा संचालनमा रहेको स्कर्लस होम स्कुलमा अहिले १५०० भन्दा धेरै विद्यार्थीहरु अध्यापनरत रहेका छन् भने १२० बढी शिक्षक कर्मचारी रहेका छन् । विद्यालयले माध्यमिक तह, एसइइ लगायतका राष्ट्रिय परीक्षामा उत्कृष्ट नतिजा हाँसिल गर्दै आइरेको छ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend