logo
  • शुक्रबार, असोज ३० २०८३

श्रम संस्कृति पार्टी रुपन्देही स्पष्टोक्ति,  जिल्लामा पार्टी भित्र कुनै विवाद छैन्



बुटवल । श्रम संस्कृति पार्टी रुपन्देही पुस ५ गते ट्राफिकचोकमा भएको आमसभाको कार्यक्रमको तालिका केन्द्रसँगको परामर्शमा नै तयार पारेको जनाएको छ ।

पार्टीका केन्द्रिय उपाध्यक्ष डा. मित्र परियारले आयोजकले कार्यक्रमको ‘सेटुल’ विगारेको भन्दै कार्यक्रम स्थलमा नै चर्को असन्तुष्टि व्यक्त गरेका थिए । सो लगत्तै पार्टीकासंयोजक हर्क साम्पाङ राईले डा. परियारले आयोजकको अपमान गरेको भन्दै उनलाई निलम्बन गरेका छन् ।

श्रम संस्कृति पार्टी रुपन्देहीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तालिकाको निर्धारण केन्द्रसँगको सहकार्यमा नै तयार गरेको बताएको हो ।

पार्टीका जिल्ला छविलाल गुरुङले रुपन्देहीमा विवाद रहेको भन्ने कुरामा कुनै पनि सत्यता नरहेको दाबी गरे । पुस ५ गते पार्टीले आयोजना गरेको आमसभा आफुहरुले सोच भन्दा पनि बढी सफल भएको बताए ।

पार्टीमा पहिला केही सामान्य विवाद भएता पनि महासचिवको रोहवरमा सम्पूर्ण विवाद मिलेको समेत उनले बताए ।

पार्टीका जिल्ला सहसंयोजक केशव न्यौपानेले कार्यक्रम संचालनको क्रममा सामान्य तल माथि हुनुलाई स्वभाविक नै रहेको बताए । यस्तै राइले आइतबारदेखि चुनाव केन्द्रित घरदैलोको कार्यक्रम गर्ने बताए । उनले कार्यक्रम भव्य रुपमा सम्पन्न भए पछि पार्टीलाई अनावश्यक रुपमा विवादमा तान्ने प्रयास भएको दाबी गरे ।

अर्का सहसंयोजक पूर्ण वि.क.ले पार्टीले पुस ५ गते गरेको कार्यक्रमले आफुहरुलाई संगठन निर्माण गर्नका लागि थप उर्जा प्रदान गरेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend