बुटवल, ८ पुस ।
स्कलर्स होम सेकेण्डरी स्कुलको ३४ औ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाउने भएको छ। विगत १३ वर्षदेखि निरन्तर चलाउदै १२ औं संस्करणको जिल्लास्तरीय अन्तर विधालय रनिङ शिल्ड हाजिरीजवाफ ९क्बिज० प्रतियोगितासहित विविध रचनात्मक कार्यक्रम गर्ने भएको हो ।
मंगलबार विधालयको सि ब्लकमा पत्रकार सम्मेलन गरि पुस १० गते हाजिरिजवाफ तथा ११ गते विधालयको पुरस्कार वितरणसहित विविध कार्यक्रम गरिने प्राचार्य बाबुराम बन्जाडेले बताए। हाजिरी जवाफको विजेताले नगद १० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्र, दोस्रोलाई ७५००, तृतिय ४५०० रुपैयाबाट पुरस्कृत गरिने उनले बताए। ञअहिलेसम्म ४० विधालय दर्ता भएको छ।झ( उनले भने । प्रतियोगितामा कक्षा १० सम्म र एक जना छात्रा अनिवार्य हुनुपर्ने प्रावधान छ ।
गतवर्ष एभरेष्ट ईगलिस बोर्डिङ स्कुलले विजेता थियो। न्यु होराईजनले दुईपटक लगातार २ पटक ३र३ वर्ष शिल्ड लगेको छ।
कार्यक्रममा विधालय ब्यवस्थापन समितिका अध्यक्ष मनहरि बश्यालले सामाजिक कार्यमा योगदान स्वरुप विधालय शुरु भएको बताए ।विधालय आईएसओ मान्यता समेत पाएको उनले बताए।
कार्यक्रममा विधालय संस्थापक शिव गुरुङले आफु भारतमा अध्ययन गरेर तेहि शिक्षा दिने गरि स्कलर्स स्थापना गरेको बताए। परिक्षाको प्रश्नपत्र अभिभावकलाई देखाउने, मार्शल आर्ट सिकाउने, औपचारिक कार्यक्रम विधार्थीहरुलाई जिम्मा दिने शुरुवात गरेको उनले बताए।
कार्यक्रममा संस्थापिका लक्ष्मी गुरुङ, भ्वाई प्रेसिडेन्ट टिकाराम गौतमले वडा नं ९ मा नै एकमात्र विधालय भएको बताए।
हाल विधालयमा कक्षा नर्सरी देखि १२ सम्म १५०० विधार्थी तथा बिबिएसमा डेढ सय विधार्थीहरु अध्ययरत छन। जहा १२० जना शिक्षक कर्मचारीहरु छन।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend