logo
  • शनिबार, कार्तिक १ २०८३

नवीन औद्योगिक माविमा विश्व ध्यान दिवस


  • मंगलबार, पुष ८ २०८२

बुटवल पुस ८
बुटवलकोनवीन औद्योगिक कदरबहादुर रिता मावि मा विश्व ध्यान दिवस भव्य रूपमा मनाइएको छ।
चौपारी जीवनयोग प्रयोगशालाद्वारा आयोजित नवीन औद्योगिक कदरबहादुर रीता मावि देवीनगरमा चौपारी जीवनयोग प्रयोगशालाका पदाधिकारीहरू र कक्षा ११ र १२ मा व्यवस्थापन ,विज्ञान ,कानुन र शिक्षा समूहमा अध्ययनरफत करिब २२०० विद्यार्थीको सहभागितामा विश्वयोग दिवस भव्य रूपमा सम्पन्न गरिएको छ।
बुटवल उपमहानगरपालिका वार्ड नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा विद्यालयका सहायक प्रधानाध्यापकहरु समूहगत इन्चार्जहरू विषयगत शिक्षकहरू, चौपारी जीवनयोग प्रयोगशालाकि अध्यक्ष जुनु अर्यालको अध्यक्षतामा योग प्रशिक्षक अन्जु बस्नेतको सञ्चालनमा चौपारी जीवनयोग प्रयोगशाला कि संरक्षक मिना कार्की, समाजसेवी चन्द्रमणि अधिकारी नवीन विद्यार्थी क्लबकी अध्यक्ष लक्ष्मी पाण्डे लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि र विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले कालिका मानव ज्ञान माविको ६५औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा छात्र कबड्डीमा द्वितीय, छात्र भलिबलमा तृतीय र छात्राकबड्डीमा तृतीय हुने खेलाडीहरूलाई र नवीन विद्यार्थी क्लबद्वारा आयोजित क्लबको पाँचौं स्थापना दिवसको अवसरमा आयोजित क्रिकेट प्रतियोगिताका विनर टिम र सेकेन्ड रनर अप टिमलाई प्रमुख अतिथिबाट प्रमाणपत्र वितरण गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend