logo
  • शनिबार, कार्तिक १ २०८३

रुपन्देहीबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ


  • शनिबार, मंसिर २१ २०८२

रूपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका(३ पोहवाचोकस्थित दरबार होटल एण्ड रेष्टुरेन्टबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत सिद्धाथनगर सदरथाना डिहवा बस्ने ५२ वर्षीय महमद महमद रमजान र भारत थानाबासी मरचहवा बस्ने ४२ वर्षीय संजय पासी रहेका छन् । इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend