logo
  • शुक्रबार, असोज ३० २०८३

नेपाल प्रिमियर लिग: चितवनमाथि पोखराको जित


  • शनिबार, मंसिर २१ २०८२

काठमाडौँ । पोखरा एभेन्जर्सले जितसँगै दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको अन्त्य गरेको छ । शनिबार भएको खेलमा चितवन राइनोजमाथि ८ विकेटको जित निकाल्दै पोखराले सिजनको सुखद अन्त्य गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १२१ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभर ४ बलमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । पोखराका लागि एडम रोसिङ्टोनले सर्वाधिक ६५ रनको अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे ।

पोखराका लागि अर्जुन कुमालले नट आट ४३ रन बनाउँदा जेसन रोयले ६ रनको योगदान गरे  । बलिङतर्फ चितवनका लागि शेफ जैब र रिजन ढकालले एक एक विकेट लिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend