logo
  • शुक्रबार, असोज ३० २०८३

कांग्रेसले माग्यो क्रियाशील सदस्यताबारे भ्रातृ तथा शुभेच्छुक संस्थासँग सुझाव


  • शुक्रबार, मंसिर २० २०८२

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणबारे पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूसँग सुझाव मागेको छ । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल गर्दै सुझाव मागेको हो ।

समितिका सदस्य कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले सानेपामा भ्रातृ तथा शुभेच्छुक नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, दलित संघ, थारु संघका अध्यक्ष तथा महिला संघ र मुस्लिम संघका प्रतिनिधिसँग सुझाव मागिएको जानकारी दिए । पार्टीको क्रियाशील सदस्यमा महिला, जनजाति, दलित, थारु, मुस्लिम र युवाहरूको सहभागिता बढाउने विषयमा छलफल भएको चौधरीले बताए ।

‘क्रियाशील सदस्यताको संख्या बढाउन आ–आफ्नो तर्फबाट लाग्न भन्यौँ,’ चौधरीले  भने, ‘संस्थाको सम्पूर्ण सम्यन्त्र पार्टीको क्रियाशील सदस्य बढाउन परिचालन गर्न भन्यौँ । उहाँहरूले गाँउ गाँउ टोलटोलमा पुगेर बढाउन प्रयास गर्ने बताउनुभएको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend