logo
  • शनिबार, कार्तिक १ २०८३

भिजन लुम्बिनीले सेयर सदस्यलाई १० प्रतिशत बोनस वितरण गर्ने


  • बिहिबार, मंसिर १९ २०८२

बुटवल । उर्जा, पर्यटन, वित्त, शिक्षा, स्वास्थ्य, कृषि तथा सूचना प्रविधिका क्षेत्रमा लगानी गर्दै आइरहेको संस्था भिजन लुम्बिनी लिमिटेडले १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन अनुसार १ हजार जना शेयर सदस्य वापत एक लाखमात्र कायम हुने शेयर सदस्यहरुलाई १० प्रतिशत बराबरको बोनश शेयर कायम हुने गरी वितरण गर्ने सञ्चालक समितिले निर्णय गरेको छ ।

रुपन्देहीको बुटवलबाट स्थापना भएको यस संस्थाले आरम्भ चौतारी लघुवित्त, हिमस्टार उर्जा कम्पनी लिमिटेड, भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड, ट्रष्ट माईक्रो इन्सोरेन्स लिमिटेड, रुपन्देही र कास्कीमा संस्थाको नाममा रहेको जग्गामा, नमोबुद्ध उर्जा कम्पनी प्राइभेट लिमिटेडमा लगानी गरी नयाँ उर्जा उत्पादनको अघि बढिसकेको प्रकृयामा समेत लगानी गरिसकेको छ ।

भिजन लुम्बिनीलाई राष्ट्रियस्तरमा भिजन नेपालका रूपमा अगाडि बढाउन लागिएको कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए । अब भिजन लुम्बिनीलाई थप विस्तार गरी भिजन नेपालको वृहत् अवधारणा बनाइएको उनले बताए ।

विक्रम संवत् २०७३ सालबाट सुरू भएको भिजनमा कर्पोरेट कल्चर र विधिको शासन स्थापित गर्न खोजिएको उनको भनाइ छ । १० वर्षअघि स्थापित संस्थाले अहिले करिब १० वटा फरक – फरक संस्थाको नेतृत्व गरेको र सेती नदीको २५ मेगाघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी पोखरामा बिजुली उत्पादनसमेत भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend