काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ ।
बुधबार भएको खेलमा विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले अर्धशतक प्रहार गरे । डार्सीले ४४ बलमा ५७ रनको योगदान दिए ।
सुमित महर्जन १०, कप्तान रोहित पौडेल ०, सन्दीप जोरा २४ र दिलिप नाथ १६ रनमा आउट भए । निरोशन डिक्वेला २९ र शेर मल्ल एक रनमा अविजित रहे ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend