बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले उत्कृष्ट लघु उद्यमीहरुलाई सम्मान गरेको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडप) अन्तर्गत मंगलबार उद्योग दिवसको अवसरमा उत्कृष्ट ३ जना लघु उद्यमीहरुलाई नगदसहित सम्मान गरेको हो ।
उनीहरुलाई सम्मानसहित नगद १० हजार समेत प्रदान गरिएको फोकल प्रर्शन पन्थीले बताए । पुरस्कारका लागि आवेदन माग गरि सोहीअनुसार उत्कृष्ट भएका उद्यमीलाई सम्मान गरिएको बताए । आवेदन दिएका सबै लघु उद्यमीहरुकोे स्थलगत अध्ययन गरि विभिन्न मापदण्डका आधारमा ३ जनालाई छनौट गरिएको पन्थीले बताए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले नगरपालिकालले सानादेखि ठूला सबै व्यवसायीहरुलाई समान रुपमा व्यवहार गर्ने गरेको बताए । साथै खाँणले लघु उद्यमीले उत्पादन गरेका बस्तुहरुको बजारिकरणमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
यस्तै उपप्रमुख जागेश्वरीदेवि चौधरीले घरमा त्यसै बस्नु भन्दा सानो भए पनि केही न केही व्यवसाय गर्न लागि आग्रह गरिन् । उद्यमशिलता विज्ञ मुकन्द्र ज्ञवालीले लघु उद्यम आर्थिक विकासको मेरुदण्ड भएकाले यसलाई स्थानीय तहले प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले लघु उद्यमीहरुको नीतिगत समस्या समाधानका लागि आफुले पहल गर्ने बताए ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ९मेडप० तिलोत्तमा नगरपालिकामा वि।स। २०७७ सालदेखि संचालनमा रहेको छ ।
यस कार्यक्रम अन्तरर्गत वार्षिक ६० जनाहरुलाई विभिन्न लघु उद्यम सम्बन्धी तालिम दिने गरिएको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend