logo
  • शनिबार, कार्तिक १ २०८३

पहिलो पाईला नेपाल, बुटवल शाखाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण


  • मंगलबार, मंसिर १० २०८२

बुटवल । पहिलो पाईला नेपाल, बुटवल शाखाले आयोजना गरेको “न्यानो माया अभियान” अन्तर्गत चन्द्रकोट–५ स्थित श्री नेपाल राष्ट्रिय चन्द्रोदय आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा (ट्र्याकसुट, टोपी र मोजा) वितरण गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रममा शाखाका अध्यक्ष गोमा भट्टराई ज्यूको अध्यक्षता, चन्द्रकोट गाउँपालिका–५ का वडाअध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पृर्थ ब। कार्की ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

त्यस्तै, संस्थाका निवर्तमान अध्यक्ष सन्तोष बन्जाडेको विशिष्ट अतिथिका रूपमा रहेका थिए । कार्यक्रममा विद्यालय प्रमुख बसन्ता पौडेल, लगायत सम्पूर्ण शिक्षक–शिक्षिका, स्थानीय समाजसेवी व्यक्तित्व तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष गौरव खनालले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमको संयोजक  संस्थाका सक्रिय सदस्य समन गौतमले लिएका थिए भने कार्यक्रम सञ्चालनको भूमिका संस्थाका सचिव रुद्र खनालले निर्वाह गर्नुभएको थियो।

यसैगरी, कोषाध्यक्ष नरेश न्यौपाने, कार्यसमिति सदस्य प्रकाश जीसी कार्यक्रममा सक्रिय रूपमा सहभागी रहयो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend