logo
  • शुक्रबार, असोज ३० २०८३

मृत्युदण्डको सजायपछि शेख हसिनाले भनिन्– फैसला पक्षपातपूर्ण र राजनीतिबाट प्रेरित


  • सोमबार, मंसिर २ २०८२

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ढाका अदालतको फैसलाको कडा निन्दा गरेकी छन् । उनले फैसलालाई ‘पक्षपातपूर्ण र राजनीतिबाट प्रेरित’ भनेकी छन् ।

सोमबार अदालतबाट फैसला भएपछि शेख हसिनाका तर्फबाट पाँच पानाको लामो वक्तव्य जारी गरिएको छ । वक्तव्यमा भनिएको छ, “मृत्युदण्डको सजाय अन्तरिम सरकारले अवामी लिगलाई राजनीतिक शक्तिका रूपमा अवमूल्यन गर्ने एउटा तरिका हो ।” अवामी लीग शेख हसिनाको पार्टी हो ।

हसिनाले यसअघि यो मुद्दालाई ‘तमासा’ भनेकी थिइन् । आफूमाथिका सबै आरोप अस्वीकार गरेकी थिइन् ।

उनले भनेकी थिइन्, “मलाई मेरोविरुद्ध आरोप लगाउनेहरूको सामना उचित न्यायाधिकरणमा गर्न कुनै डर छैन, जहाँ प्रमाणहरूको निष्पक्ष मूल्यांकन र परीक्षण गर्न सकिन्छ ।”

उनले अन्तरिम सरकारलाई हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालतसमक्ष आफूमाथिका आरोप लिएर आउन चुनौती दिएकी थिइन् ।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले आजै उनलाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend