logo
  • शुक्रबार, असोज ३० २०८३

सुन प्रकरणबारे धारणा बनाउन एमालेले बोलायो संसदीय दलको बैठक


  • बुधबार, साउन १० २०८०

१० साउन, काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको धारणा बनाउन संसदीय दलको बैठक बोलाएको छ ।

संसदीय दलको बैठकले तय गर्ने धारणा अनुसार प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।‘सुन प्रकरण गम्भीर विषय छ । त्यही गम्भीर्यताका आधारमा दलको बैठकमा छलफल हुन्छ,’ गिरीले अनलाइनखबरसँग भने ।

साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्यीन्टल सुन बरामद गरेको थियो । यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना प्रकाउ परिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend