बुटवल। पाल्पाका दीपक बास्तोला वि.सं. २०५४ सालमा एसएलसी दिएपछि बुटवल आए। अध्ययन र काम गर्ने सोचका साथ आएका बास्तोला बुटवलमा क्याम्पस भर्ना भएका थिए।
त्यसपछि कामको खोजी सुरु गरेका उनलाई वि.सं. २०५५ साल साउन ४ गतेदेखि बुटवलको विन्दवासी स्टोरमा काम गर्ने अवसर मिल्यो।
घरको आर्थिक अवस्था मध्यम भएकाले उनको पढाइले सोचेअनुसार गति लिन सकेन।
घरका जेठा छोरा रहेका बास्तोलाले सानै उमेरमा वि.सं. २०५५ सालमा विवाह गरे। त्यसपछि उनलाई घर व्यवहारको जिम्मेवारी थपियो। त्यसपछि पढाइभन्दा जागिरलाई पहिलो प्राथमिकतामा राखे। स्नातक तह अध्ययनका लागि भर्ना त भए, तर राम्रोसँग अध्ययन भने गर्न पाएनन्। उनले उक्त स्टोरमा २०६० सालसम्म काम गरे।
त्यसपछि वि.सं. २०६० साल चैत २७ गते मिलनचोकको खाद्यान्न डिलर इन्द्रलक्ष्मी स्टोरमा डी।एस।को रूपमा काम सुरु गरे। त्यहाँ बास्तोलाले करिब ५ वर्षसम्म काम गरेपछि स्टोर बन्द भयो। त्यसपछि वि.सं.२०६५ माघ ४ गते एसियन थाइ फुड्समा काम सुरु गरेको बास्तोला बताउँछन्।
दीपक बास्तोला एसियन थाइ फुड्समा वि.सं. २०६५ सालदेखि अहिलेसम्म निरन्तर रूपमा कार्यरत छन्। उक्त कम्पनीमा सामान्य कर्मचारी भएर काम गरेका बास्तोला अहिले कम्पनीको पश्चिम नेपालको प्रमुखको रूपमा कार्यरत छन्। वि.सं. २०८१ को भदौमा बास्तोला पश्चिम नेपालको कमान्ड हेर्ने गरी एसियन थाइ फुड्सको म्यानेजरमा नियुक्त भएका हुन्।
‘म एसियन थाइमा वि।सं। २०६५ साल माघ ४ गते आबद्ध भएको थिएँ, त्यसयता म निरन्तर रूपमा यही कम्पनीमा नै कार्यरत छु, २०८० देखि भने म पश्चिम नेपाल ९साविक पश्चिमाञ्चल० को प्रमुखको रूपमा कार्यरत छु’ उनले भने।
लगनशील भएर काम गरेका कारणले नै अहिले आफू उक्त जिम्मेवारी पाउन सफल भएको उनी बताउँछन्। ‘कुनै एउटा कम्पनीमा १८ वर्षसम्म काम गर्नु सामान्य कुरा पक्कै पनि होइन, म सुरुदेखि नै इमानदार भएर काम गरेँ। त्यसैको प्रतिफल अहिले पाएको हुँ,’ उनले भने।
१८ वर्षको लगनशीलता: सामान्य कर्मचारीदेखि एसियन थाइ फुड्सको पश्चिम नेपाल प्रमुखसम्म
प्राय क निजी कम्पनीहरु छिटो छिटो जागिर छाड्ने गरेका भेटिन्छन् । तर बास्तोलाले एउटै कम्पनी झन्डै दुई दशक पुराउन थालेका छन् ।
तर एउटै तहमा होईन । समान्य कर्मचारीको रुपमा छिरेका बास्तोला अहिले पश्चिमाञ्चलको प्रमुखसम्म बनेका छन् । कम्पनी घर जस्तै लाग्यो । अनि कहिल्यै पनि अरुको काम गरे जस्तो नलागेको अनुभव रहेको बताए ।उनले
अहिले लुम्बिनी प्रदेशसहित ३ प्रदेशको कमान्ड सम्हालेका छन्। उनले साविक लुम्बिनी अञ्चल, राप्ती अञ्चल र गण्डकी प्रदेशका केही जिल्लाको मार्केटिङको नेतृत्व सम्हालेका छन्।
‘अहिले मैले साविक लुम्बिनी अञ्चल, राप्ती अञ्चलका सबै जिल्ला र गण्डकी प्रदेशका केही जिल्ला मैले नै हेर्दै आएको छु,’ उनले भने।
विभिन्न सङ्घसंस्थामा पनि सक्रिय
बास्तोला मार्केटिङमा मात्रै होइन, विभिन्न सङ्घ तथा संस्थामा पनि उत्तिकै सक्रिय छन्। समाजमा केही गर्नुपर्छ भन्ने सोच राख्ने बास्तोला आफ्नो व्यस्त समयका बाबजुद पनि विभिन्न संस्थामा रहेर समेत काम गरेका छन्।
उनी बुटवल उद्योग वाणिज्य सङ्घको वस्तुगत उपसमितिको सभापतिको जिम्मेवारीमा समेत छन्। उनी रोटरी क्लब अफ तिलोत्तमाको उपाध्यक्ष, रक्त सञ्चार र शान्ति समाजको आजीवन सदस्य पनि हुन्। यस्तै नेपाल व्यापार कर्मचारी सङ्घको केन्द्रीय सदस्यको जिम्मेवारीमा पनि बास्तोला रहेका छन्।
बास्तोलाले गीत सङ्गीतमा पनि विशेष रुचि राख्ने गर्छन्। उनले केही समयअघि मात्रै मातृभूमिलाई माया गर्ने नेपालीप्रति समर्पित गर्दै ‘एक साथी’ नामक सङ्गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
उनका शब्द निकै राष्ट्रियताप्रति ओतप्रोत रहेको छ। उक्त गीतको माध्यमबाट उनले नेपाली भूमिमा कर्म गर्न रुचि राख्नेहरूका लागि प्रेरणादायी शब्दले उजागर गरेका छन्।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend