logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवल देविनगरबाट मोटरसाइकल चोरी गर्ने युवा पक्राउ


  • बुधबार, साउन १० २०८०

बुटवल ।

रातको समयमा बुटवल उपमहानगरपालिका–११ देविनगरको रङ्गशाला नजिकैंबाट मोटरसाइकल चोरी गर्ने युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६ गोबरीका लोक बहादुर विक रहेका छन् ।

देविनगर रङ्गशाला नजिकै पार्किङ गरेर राखिएको स्थानीय भिमबहादुर खासुको लु ३५ प १६२८ नम्बरको मोटरसाइकल आइतबार राती करिब ८ बजेको समयमा चोरी भएको थियो ।

चोरी भएको निवेदनपछि मोटरसाइकल खोज तलास गर्ने क्रममा सोमबार जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले आरोपितलाई मोटरसाइकल सहित फेला पारेको थियो ।

पक्राउ परेका विकलाई चोरी सम्बन्धि कसूरमा रुपन्देही जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend