logo
  • शुक्रबार, असोज ३० २०८३

खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देहीको पदस्थापन 


  • बुधबार, असोज ८ २०८२

बुटवल, असोज ८
खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देहीको पदस्थापन कार्यक्रमका आज बुधवार बुटवलमा सम्पन्न भएको छ ।
१९ औ साधारण सभा तथा १० औ पदस्थापन कार्यक्रमका संस्थाका अध्यक्ष महेन्द्र प्रसाद पोखरेलले नवनिर्वाचित अध्यक्ष गोपाल प्रसाद प्रधान नेतृत्वको समितिलाई पद हस्तान्तरण गरेका छन्।
पद   हस्तान्तरण तथा विजय दशमी,शुभदिपावाली,छठ तथा नेपाल संम्वत्को शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि रूपमा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उज्ज्वल प्रसाद कसजुले समय अनुसार व्यापारको शैली परिवर्तन गर्नुपर्ने बताए।
उनले राज्यले उद्योगी तथा व्यापार मैत्री नीति लागु नगर्दा सम्म बैकको ब्याजदर घटाए मात्र नहुने बताए। उनले बजार चलायमान बनाउन निजी क्षेत्र र राज्य दुवैको थप सहकार्य आवश्यक गर्ने बताए।


उक्त अवसरमा नव निर्वाचितलाई संस्थाका संस्थापक अध्यक्ष एवं निर्वाचन मण्डलका संयोजक टिकाराम गैरले शपथ ग्रहण गराएका थिए।
संस्थाका निवर्तमान अध्यक्ष महेन्द्र प्रसाद पोखरेलले खुद्रा किराना व्यवसायी सङ्घको आफ्नै इतिहास रहेकोले उल्लेख संस्थाको गरिमा थप बढाउने काम नवनिर्वाचित  समितिले गर्नुपर्ने बताए।
कार्यक्रमका बुटवल उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष टङ्क प्रसाद गैरे,उद्योग व्यापार  सङ्घका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, रुपन्देही उद्योग सङ्घका प्रथम उपाध्यक्ष दयाराम भण्डारी, खुद्रा किराना व्यावासयीका सङ्घका पूर्व अध्यक्षहरू केशव कुँवर,मोहन प्रसाद बस्याल, ज्ञानप्रसाद न्यौपाने लगायत बोल्दै बुटवलको बजारलाई चलायमान बनाउनको लागि सबै एकजुट हुनुपर्ने बताएका थिए।
कार्यक्रममा संस्थाका नवनिवाचीत अध्यक्ष गोपाल कुमार प्रधान,सल्लाहकार कृष्ण  प्रसाद पाण्डेय, निवर्तमान  महासचिव दधि(गोपाल) ज्ञवाली,उपाध्यक्ष ज्ञानप्रसाद  न्यौपाने ,नव निर्वाचित महासचिव यमलाल बेल्लासे,दूध तथा डेरी व्यवसायी सङ्घ रुपन्देहीका कमल काफ्ले लगायत बोलेका थिए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend