बुटवल , वर्तमान संविधानलाई सरकारी पक्ष र केही धेरै दलहरूले उत्कृष्ट दाबी गरेर संरक्षण कार्यान्वयन गर्नुपर्ने भन्दै आज देशभर विभिन्न कार्यक्रम पनि गरिरहेका छन् । तर यो जनताको केही मुद्धाहरु सम्बोधन नगरेको आवाज पनि संविधान जारी हुँदादेखि नै थियो । केहीले आज संविधान दिवसलाई कालो दिनको रूपमा चित्रण गर्ने गरेका छन् ।
यस आधार अहिले संविधान उपयुक्त नभएको रुपन्देहीको सिद्धार्थ नगरपालिका निवासी अजय कुमार गुप्ता दाबी गरेको छ ।
उनका विचार जस्ताको जस्तै
निर्दोष जनताको खुनले लेखिएको यो संविधान
आदिवासी जनजाति र मधेसी र अल्पसङ्ख्यक विरोधी यो संविधान
देशको राष्ट्रिय भावनालाई खण्डित पार्ने यो संविधान
देशको इतिहास विरासत मेट्ने यो संविधान
आदि काल देखि मानी आएको सनातनी हिन्दु राष्ट्रलाई सिद्ध्याउने यो संविधान।
नेतालाई मालिक एव जनतालाई दास बनाउने संविधान
न्यायलाई नेता भन्दा तल राखेको यो संविधान
कानुन भन्दा माथि नेता परिभाषित गर्ने यो संविधान
आत्मनिर्भरतालाई लत्त्याउने,परनिर्भरताले बढवा दिने यो संविधान
युवा दक्षलाई निरुत्साहित गरी बुढो र परिवारबादलाई प्रोत्साहन गर्ने यो संविधान
सामाजिक धार्मिक जातीय द्वन्द्वलाई बढवा दिने यो संविधान
अन्त्यमा, निर्दोष जनताको छातीमा गोली ठोकेर विभिन्न आन्दोलन अवरोधका बिच हडबडिला अपूर्ण संविधान जारी गरेपछि यसलाई बहुसङ्ख्यक नेपालीले स्वीकार गरेका छैनन्। एक तर्फ संविधान दिवस, अर्को तर्फ कालो दिन भनी मनाइ रहँदा यसको अपनत्व प्रति शङ्का उठ्नु स्वाभाविक हो। केवल ३र४ नेता परिवारका लागि बनाइएको यो संविधान २०४७ ले जस्तो नेपालीलाई धार्मिक आर्थिक सामाजिक रूपले बलियो बनाउन कहिले नसक्ने देखिएको छ। धर्म संस्कृति मेट्ने र राट्रघात र देश बेच्ने युवा( किसानलाई दुख दिने, उद्योग धन्दा समाप्त पार्ने,भ्रष्टाचारमा लिप्तलाई कानुनको अपव्याख्या गर्ने यी सबै कुकृत्यको देन हो यो नेताको संविधान१
दिवगत वीर सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली 🙏