logo
  • शुक्रबार, असोज ३० २०८३

एमाले विधान महाधिवेशन : आज थप तीन प्रतिवेदन पेस भएपछि समूहगत छलफल थालिने


  • शनिबार, भाद्र २१ २०८२

काठमाडौँ । नेकपा एमालेको जारी विधान महाधिवेशनको दोस्रो दिन आज थप तीन प्रतिवेदन पेस हुने भएका छन् । निर्वाचन आयोग, लेखा र अनुशासनको आयोगका प्रतिवेदन आज पेस हुने बताइएको छ ।

स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको फरक मत भने पहिलो दिन नै पेस हुने कार्यसूची भए पनि पेस हुन सकेन । पहिलो दिन उद्घाटनसँगै चार वटा प्रतिवेदन मात्र पेस भएका छन् ।

जसमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको सांगठानिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवदन पेस भएका हुन् ।

आज ८ बजेबाट महाधिवेशन सुरु हुने र १० बजे प्रतिवेदन पेस गरिसकेर समूहगत छलफल थाल्ने प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले जनाउ दिएका छन् ।
महाधिवेशनको समसामियक प्रस्ताव लेखनको संयोजकको जिम्मेवारी भने योगेश भट्टराईलाई दिइएको छ।  महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend