logo
  • शुक्रबार, असोज ३० २०८३

जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ


  • सोमबार, साउन १ २०८०

काठमाडौं।

काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-११ भोजाङ घर भएका ५० वर्षीय जगत बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्‍त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ३३ हजार ३ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend