logo
  • शुक्रबार, असोज ३० २०८३

सरकारले घटायो सार्वजनिक यातायातको भाडा


  • सोमबार, साउन १ २०८०

काठमाडौं।

सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।

इन्धनको मूल्य घटेसँगै विभागले यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालबाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो । घटाएको भाडा दर सोमबारबाटै लागु हुने विभागले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend