बुटवल , कार्तिक १४।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटेरेस आज लुम्बिनी आएका छन्। अन्नपूर्ण बेस क्याम्पवाट उनी लुम्बिनी आएका हुन्। उनलाई लुम्बिनीमा प्रधानमन्त्री प्रचण्ड , संस्कृति मन्त्री सुदन किराँती , लुम्बिनी प्रदेशमा मुख्य मन्त्री डिल्ली चाैधरी, लुम्बिनी विकास काेषका पदाघिकारीहरुले स्वागत गरेका छन्।
गुटेरेस पूर्वनिर्धारित समयभन्दा २ घन्टा ढिलो गरी बुद्ध जन्मस्थल लुम्बिनी आएका हुन् । गुटेरेस आइतबार नेपाल आएका थिए। लुम्बिनी विकास काेषाका अनुसार महासचिव गुटरेसले लुम्बिनीमा झण्डै डेढ घण्टा बिताउने छन्। गुटरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरूको निरीक्षणपछि पिपलको रुखमुनि छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको लुम्बिनी विकास काेषका प्रमुख प्रशासन अघिकृत ज्ञानिन राईले बताए