२ कात्तिक, बाजुरा ।
बझाङमा फेरि भूकम्प गएको छ ।गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ ।लगातार भूकम्प र त्यसका प्रकम्प जान थालेपछि यस सुदूरपश्चिमका बासिन्दा त्रसित बनेका छन् ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend