logo
  • शुक्रबार, असोज ३० २०८३

प्रधानमन्त्रीको भ्रमणपछि नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपियो : माओवादी केन्द्र


  • आइतबार, असोज १४ २०८०

१४ असोज, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको दाबी गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता एवम उपाध्यक्ष अग्निप्रसाद सापकोटाले दुई देशको सम्बन्धमा उत्पन्न संशयको यो भ्रमणपछि निवारण भएको बताए ।उनले भ्रमणको सबभन्दा ठूलो उपलब्धि नै यही भएको भन्दै दुई देशबीचको सम्बन्ध सुधार हुँदै गइरहेको बताए ।

१२ बुँदे विज्ञप्ति र संयुक्त वक्तव्यसम्म हेर्दा यो भ्रमणले दुई देशका विकास सम्बन्धीका काममा सहकार्य हुने आशा जगाएको र सम्बन्धमा नयाँ आयाम थपिएको बताए ।

चीनको सुपरमिनिस्ट्रीजस्तो रहेको राष्ट्रिय विकास तथा सुधार आयोगसँग नेपालको सहमति हुनु भनेको नेपालको विकासका लागि धेरै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

राष्ट्रिय विकास तथा सुधार आयोगले त्यहाँका अन्य मन्त्रालयको अनुगमन र स्रोतको बाँडफाँट समेत गर्ने हुँदा यसले विकास निर्माणमा नयाँ आयम थपिएको बताए ।त्यस्तै नेपाल चीन उर्जा व्यापारका लागि पनि नयाँ ढोका खोलेको बताए ।कृषि, पशुपालन, मत्यसपालनलगायत विषयमा पनि सम्बन्धले नयाँ उचाई हासिल गरेको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend