logo
  • शुक्रबार, असोज ३० २०८३

जनआवाज सुन्न रास्वपाले १९ जिल्लामा खटायो नेता


  • मंगलबार, असोज २ २०८०

२ असोज, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीको दस्तावेज तयार गर्नका लागि १९ नेतालाई १९ जिल्लाका गाउँ पठाउने भएको छ ।सभापति रवि लामिछाने सहित केन्द्रीय सदस्य र सांसदहरुलाई ‘जन आवाज सुन्ने कार्यक्रम’ को पहिलो चरणमा १९ जिल्लामा पठाउन लागिएको छ । महामन्त्री मुकुल ढकालका अनुसार १९ जना नेता तोकिएको जिल्लाका गाउँमा पुगेर जनआवाज सुन्नेछन् । दस्तावेजमा नागरिका सुझाव गाउँ पुग्ने नेताहरुले सुन्नेछन् ।

जनआवाज सुन्ने कार्यक्रम संविधान दिवसको दिन (३ असोज) बाट सुरु गरे पहिलो चरण ७ असोजमा सकिनेछ । सभापति रवि लामिछाने रोल्पा, उपाध्यक्ष डीपी अर्याल पर्सा, महामन्त्री मुकुल ढकाल कालिकोट, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी कञ्चनपुरका गाउँ क्षेत्रमा पुग्ने भएका छन् ।

सांसदहरुमा तनहुँमा डा. स्वर्णिम वाग्ले, कपिलवस्तुमा सन्तोष परियार, रसुवामा शिशिर खनाल, पर्वतमा मनिष झा, वैतडीमा विराजभक्त श्रेष्ठ, कैलालीमा सुमना श्रेष्ठ, डोटीमा डा. तोसिमा कार्की, ओखलढुङ्गामा गणेश पराजुली, सोलुखुम्बुमा हरि ढकाल जाने भएका छन् ।

साथै नेताहरु विपिन आचार्यलाई संखुवासभा, गणेश कार्कीलाई सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताललाई खोटाङ, रमेश प्रसाईलाई सुर्खेत, कमल सुवेदीलाई रौतहट र शंकर श्रेष्ठलाई इलाम तोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend