logo
  • शनिबार, कार्तिक १ २०८३

६० किलो सुन प्रकरणमा २९ जनालाई प्रतिवादी बनाइने


  • आइतबार, भाद्र ३१ २०८०

३१ भदौ, काठमाडौं ।

६० किलो सुन तस्करी गरेको आरोपमा २९ जनामाथि मुद्दा दर्ता हुने भएको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा  ५० जनालाई प्रतिवादी बनाएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनामाथि मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

प्रतिवादी बनाइने २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरार छन् ।यो प्रकरणमा ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो ।

सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गत बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । त्यो प्रतिवेदन रुजुर भइरहेको र आजै मुद्दा दर्ता गर्ने तयारी रहेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend