बुटवल । चीनको हाङझाउमा हुने एसियन गेम्सका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा एसियन गेम्स खेल्ने १५ सदस्यीय टोलीको घोषणा शुक्रबार गरेको हो।
लामो समय टोलीबाहिर रहेका विनोद भण्डारी, अविनास बोहोरा र विवेक कुमार यादवले टोलीमा पुनरागमन गरेका छन्। यी खेलाडीले एशियन गेम्सका लागि भारतमा प्रशिक्षण समेत गरेका थिए।
नेपालले असोज १० गते मंगोलिया र १४ गते मालदिभ्ससँग खेल्नेछ। समुह चरण पार गरे नेपालले टेष्ट टोलीसँग स्पर्धा गर्ने मौका पाउनेछ।
एसियन गेम्स खेल्ने टोलीः रोहित पौडेल९कप्तान०, करण केसी, प्रतिश जि।सी, आशिफ शेख९विकेटकिपर०, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरि, ललित राजवंशी, विवेक कुमार यादव, अविनास बोहोरा र सन्दीप लामिछाने।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend