logo
  • शुक्रबार, असोज ३० २०८३

लुम्बिनीको विकासमा सबैको सहयोग चाहिन्छ


  • बिहिबार, भाद्र २१ २०८०


लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा ९खेन्पो छिमे० लुम्बिनी बनाउन आफू आएको भन्दै सहयोग गर्न सबैसँग आग्रह गरेका छन । उनले लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएको भन्दै स्थानीय, बुद्धिजिवी, पत्रकार र अन्य विभिन्न संघसंस्थालाई समेत साथ र सहयोग गर्न अपिल गरे । लुम्बिनीमा रूपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारहरूसँग विहिबार परिचयात्मक तथा भेटघाट कार्यक्रम गर्दै उनले यस्तो बताएका हुन् ।
उपाध्यक्ष लामाले लुम्बिनी गुरुयोजना आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाए । उनले आफ्नो कार्यकालमा गुरुयोजना सम्पन्न गर्ने र मायादेवी मन्दिर निर्माण गर्ने उद्देश्य रहेको बताए । मायादेवी नयाँ डिजाइन र आकर्षक बनाउनुपर्ने उनको भनाइ छ ।

गुरुयोजनाको बाँकी काम, बुद्ध सर्किट निर्माण, रामग्राम, तिलौराकोट र देवदहको पुरातात्विक क्षेत्रको संरक्षण र विकासका लागि काम गर्ने गरी आफू आएकाले सहयोग गर्न पत्रकारहरुसँग उपाध्यक्ष डा। लामाले आग्रह गरे । ‘म लुम्बिनी बनाउन लड्छु, जुध्छु, भिड्छु तर, नैतिकता गुमाउँदिन’ उनले भने । उनले लुम्बिनी गुरुयोजनाका सम्बन्धमा र कोषको कामका बारेमा विभिन्न प्रश्न र गुनासाहरु उठेको बताउँदै त्यसलाई सम्बोधन गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए । संविधानसभा सदस्य, पूर्व अर्थराज्यमन्त्री समेत रहेका डा। लामाले आफ्नो क्षमतालाई लुम्बिनी बनाउन खर्चिने बताए । उनले आफूले जीवन नै बुद्ध धर्मका लागि अर्पण गरेको बताउँदै बाँकी रहेको जीवन सत्कर्ममा लगाउने गरी काम गरेर देखाउन आफू लुम्बिनीको उपाध्यक्ष बनेको बताए ।
विश्वका विभिन्न मुलुकबाट लुम्बिनी आउन चाहनहरुलाई अनुलुकुल वातावरण बनाउने बताए । उनले लुम्बिनीमा बौद्ध धर्म गुरुहरुको मोलम ९पूजा० जस्ता धार्मिक गतिविधि बढाएर बौद्ध पर्यटकहरुलाई आर्कषित गर्ने योजना रहेको सुनाए । ‘यो वर्ष मोलुम ९पूजा० का कार्यक्रमहरु तय भइसकेको छ’ उपाध्यक्ष लामाले भने । उनले रामग्राम र तिलौराकोटमा पनि पूजा, ध्यान र बत्ति बाल्ने ठाउँ तुरुन्तै निर्माण गर्ने बताए । धार्मिक कार्यक्रमलाई लुम्बिनीमा बढाउने गरी योजना बनाइएको समेत उनले बताए । उनले धार्मिक गतिविधिसँगै पर्यटकहरुको बसाइ लम्बिने विश्वास गरे।
उपाध्यक्ष लामाले रूपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेका बौद्ध क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएको बताए । उनले बौद्ध क्षेत्रको विकासका लागि आवश्यक रकम जुटाउन विश्व समुदायमा पुग्ने समेत बताए । ‘अब ६÷७ अर्बको रकम जुटाएर गुरूयोजना सकाउनु छ, अहिले देशको बजेटमा नि समस्या छ’ उपाध्यक्ष लामाले भने –‘म बुद्ध धर्मको विश्व समुदायसँगै जोडिएको छु केही समयमा त्यो फोरममा म जानेछु र स्रोत जुटाउने कोसिस गर्ने छु ।’
उपाध्यक्ष लामाले कोषलाई सबै पक्षमा पारदर्शिता बनाउने प्रमुख उद्देश्य रहेको बताउँदै त्यसमा साथ दिन पत्रकारलाई अनुरोध गर । लुम्बिनीको जमिन, स्रोत, कर्मचारी, स्थानीय सहयोग सबै पारदर्शी बनाउने भन्दै उनले आफू कमाउन नभई लुम्बिनी बनाउन आएकाले सबैको साथ र सहयोग चाहिएको बताए ।
उपाध्यक्ष लामाले गुरुयोजनामा केही परिमार्जन गर्नुपर्ने अवस्था देखिएको बताउँदै त्यसका लागि युनेस्को, विभागीय मन्त्रालय र सरोकारवाला निकायसँग परामर्शमा गरिने बताए ।
उनले बुद्धजन्मस्थल लुम्बिनी वरिपरिका स्थानीयहरुलाई अपनत्व बनाउने गरी काम गर्ने समेत बताए । उनले यसका लागि प्रत्येक महिना स्थानीय समुदाय, संघसंस्था, पत्रकारहरुको संस्था समेतको उपस्थितीमा छलफल गर्ने बताए । उनले लुम्बिनी विकास कोषले रामग्राम, तिलौराकोट र देवदहलाई बढि केन्द्रीत गरी योजना बनाएर काम गर्ने समेत बताए ।
उनले जिम्मेवारी समाल्ने वितिकै रामग्राम र त्यसपछि तिलौराकोट पुगेको बताउँदै बुद्धजन्मस्थल मात्रै केन्द्रीत नहुने बताए । उनले बोर्ड सदस्यहरुलाई पनि जिम्मेवारी प्रदान गरेर सामूहिक रुपमा अघि बढ्ने योजना रहेको बताए । पदाधिकारी र कर्मचारीविच नै बेमेल रहेको भन्दै पत्रकारहरुको जिज्ञासामा सकभर मिलाएर लैजाने कोसिस रहेको बताए । ‘नमिल्नुपर्ने कुनै कारण छैन, ऐनले जिम्मेवारी स्पष्ट तोकेको छ, त्यही अनुसार अगाडि बढ्ने हो’ उपाध्यक्ष लामाले भने । उनले सबैको साझा सहयोगले मायादेवि मन्दिर, बुद्व सर्किट बनाउने गरि अगाडि बढने बताए । उनले कर्मचारीहरुले लुम्बिनी बनाउनका लागि धेरै काम गरेको बताउँदै केही कमजोरीलाई सुधार गर्दै जाने बताए । उनले कार्यालयमा कुर्चि खाली नराख्न निर्देशन दिईसकेको समेत बताए । उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले नवनियुक्त उपाध्यक्षलाई लुम्बिनी बनाउने सन्दर्भमा सिंगो टिमको साथ सहयोग रहने बताए । उनले लुम्बिनी विकास कोषले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम दुई जना उपाध्यक्षको भिजन अनुसार आएको बताए । सदस्य सचिव शाक्यले प्राचिन शाक्य गणराज्य कपिलबस्तुको तिलौराकोट दरवारलाई विश्व सम्पदा सूचीमा सूचीकरणको तयारी भइरहेको समेत बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend