logo
  • शनिबार, कार्तिक १ २०८३

कृषि गर्ने जमिनको क्षेत्रफल घट्याे, कृषक परिवार बढ्याे 


  • बिहिबार, भाद्र २१ २०८०

२१ भदाै, काठमाडौं ।

नेपालमा कृषि गर्ने जमिन घटेकाे र कृषि गर्ने जनसंख्या भने बढेको पाइएको छ । साताैं कृषि गणना २०७८ को तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले यस्तो जानकारी दिएको हाे ।

नयाँ विवरणअनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । जुन २०६८ सालकाे तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हाे ।

अघिल्लो कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेति गरिन्थ्यो ।नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवार संख्या भने ३ लाख परिवारले वृद्धि भएको छ । नया तथ्यांकअनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । २०६८ मा यस्तो परविार संख्या ३८ लाख ३१ हजार थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend