logo
  • शुक्रबार, असोज ३० २०८३

वैदेशिक रोजगारीमा रहेका युवाको समस्या अध्ययन गर्न आयोग गठन गर्न राजेन्द्र लिङ्देनको माग


  • सोमबार, भाद्र १८ २०८०

१८ भदौ, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक रोजगारीमा रहेका युवाहरुको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले केही दिनअघि आफू साउदी अरेयिबा र युएईको भ्रमणमा गएको जानकारी गराउँदै त्यहाँ नेपाली युवाहरुको अवस्था दयनीय देखेको बताए । ‘वैदेशिक रोजगारमा रहेका युवाहरुको समस्या अध्ययन गर्न र समस्या समाधान गर्न उच्च प्राथमिकतामा राखेर एउटा विशेष कमिसन गठन होस् भनेर माग गर्न चाहन्छु’, उनले भने ।

अध्यक्ष लिङ्देनले साउदी अरेयिबा र युएईका दूतावासको अवस्था पनि दयनीय रहेको भन्द सरकारले सुधारका लागि गम्भीर पहल गर्नुपर्ने धारणा राखे ।

‘केही दिनअघि मैले सबैभन्दा बढी कामदार रहेका साउदी अरब र युएईको भ्रमण गर्ने र त्यहाँ काम गर्ने नेपाली कामदारहरुसँग साक्षात्कार गर्ने अवसर पाएको थिएँ । नेपालमा गरिखान नपाएपछि उनीहरु त्यहाँ पुगे । तर, उनीहरुको अवस्था दयनीय छ । त्यहाँ रहेका राजदूतावासहरुको अवस्था पनि दयनीय छ । सरकारले त्यसले त्यहाँको राजदुतावासको स्थिति सुदृढ बनाओेस्’ उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend