logo
  • शुक्रबार, असोज ३० २०८३

एमाले सांसदले भनिन् : भारत र चीनले नेपालको स्वाधीनतामाथि प्रश्न उठायो


  • सोमबार, भाद्र १८ २०८०

१८ भदौ, काठमाडौं ।

नेकपा एमालेकी सांसद दिलकुमारी रावलले छिमेकी मुलुक भारत र चीनले नेपालको स्वाधीनतामाथि प्रश्न उठाएको बताएकी छन् ।सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले छिमेकीहरुले नेपालको भूगोल र स्वाधीनतामाथि प्रश्न उठाएको बताएकी हुन् ।

‘हाम्रा छिमेकी राष्ट्रहरुले हाम्रो स्वाधिनतामाथि, हाम्रो भूगोलमाथि अनेक कोणबाट प्रश्न उठाइरहेका छन्’ उनले अगाडि भनिन्, ‘चाहे भारतका सन्दर्भमा उठेका सवाल होस् चाहे चीनले नक्साको सन्दर्भमा उठाएका कुरा हुन् ।’

भारतले आफ्नो नयाँ संसद भवनमा राखेको मुरल नक्सामा नेपालको भूगोललाई समेत समेटेको थियो । त्यस सन्दर्भमा नेपालमा विरोध हुँदै आएको छ ।

पछिल्लो समय चीनले जारी गरेको आफ्नो नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा समावेश छैन । यही सन्दर्भमा सांसद रावलले प्रश्न उठाएकी हुन् ।

‘छिमेकीले उठाएका सवालमा सरकारको कुटनीतिक पहल कमजोर भएको हो कि’ उनले आशंका गरिन्, ‘हाम्रो स्वाधीनतामाथि प्रश्न उठेको छ यसतर्फ सरकारले ध्यान दिन ध्यानाकर्षण गराउन चाहन्छु ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend