logo
  • शुक्रबार, असोज ३० २०८३

राष्ट्रपति पौडेललाई भेटे प्रधानमन्त्री प्रचण्डले


  • सोमबार, भाद्र १८ २०८०

काठमाडौं।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा सोमबार पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

साथै उनीहरु देशको समसामयिक, राजनीतिक विषयमा पनि कुराकानी भएको छ । यही ३० भदौमा प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गर्दैछन्। त्यतैबाट प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend