logo
  • शुक्रबार, असोज ३० २०८३

कोशी सरकारबारे सर्वोच्चमा आज अन्तिम सुनुवाइ


  • शुक्रबार, भाद्र १५ २०८०

काठमाडाै ।

कोशी सरकारकाे भविष्यबारे सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ ।  प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष गरिरहेका सांसदबाट मत हालेर विश्वासको मत लिएको विषयको रिटमा सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँन लागेकाे हाे ।

भदौ ४ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता ग्रहण गरेका इस्राइले मन्सुरीले पनि भोट हालेका थिए ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अग्राधिकारसहित मुद्दाको पूर्ण सुनुवाइका लागि आज पेसी तोकेका थिए । मुख्यमन्त्रीले विश्वासको मत लिने दिन इस्राइल मन्सुरीले र गीता तिम्सिनाले पालैपालो सभाको अध्यक्षता गरेका थिए । दुवै जनाले थापालाई विश्वासको मतसमेत दिएका थिए ।

आजबाट हुने पूर्ण सुनवाइमा एमालेका तर्फबाट टीकाराम भट्टराई शम्भु थापा, सतिसचन्द्र खरेल बलराम दाहाल लगायतका कानून व्यवसायीहरूले बहस गर्ने छन् ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सविालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट हालेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend