logo
  • शुक्रबार, असोज ३० २०८३

चीनले जारी गरेको नक्साबारे कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ : माओवादी केन्द्र


  • शुक्रबार, भाद्र १५ २०८०

१५ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले सोमबार चीनले जारी गरेको नक्सामा नेपालको भूभागलाई नसमेटिएको विषयलाई कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताएको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साबारे कूटनीतिक पहल गर्नुपर्ने बताएका हुन् ।

‘चीनले जारी गरेको नयाँ नक्सामा किन त्यस्तो हुन गयो र कसरी धेरै महत्वपूर्ण विषयलाई समेटिएन भन्ने विषयमा कूटनीतिक माध्यममा कुरा गर्नुपर्छ,’ प्रवक्ता सापकोटाले भने ।

चीनले सोमबार जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा समावेश नभएको भन्दै विरोध भइरहेको छ ।

उनले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका बेलामा यस विषयमा कुराकानी हुनेसमेत बताए ।

‘हाम्रा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यसबेलामा कुराकानी हुन्छ । यसबारेमा सरकार प्रष्ट हुँदै जनतालाई प्रष्ट पार्नुपर्छ’, सापकोटाले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend