logo
  • शुक्रबार, असोज ३० २०८३

त्रिभुवन विमानस्थलबाट अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ


  • बुधबार, असार २७ २०८०

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरको ९० थानसहित भारतीय नागरिक २१ वर्षीय शिवम कुमार सैनीलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राति एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा शरीर तलासी गर्ने क्रममा उनको साथबाट उक्त अमेरिकी डलर फेला परेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend