logo
  • शुक्रबार, असोज ३० २०८३

पाल्पा दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ८ जनाको उद्दार


  • बुधबार, भाद्र १३ २०८०

बुटवल ।

पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्वरको स्कार्पियोलाई पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेको उकालोमा सुख्खा पहिरोले च्यापेको थियो ।

जीपमा सवारमध्ये ८ जनाको उद्दार गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोमा च्यापिएकाहरुलाई जेसीबीको सहयोगमा बाहिर निकालिएको थियो । मृतकहरुको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend