११ भदौ, काठमाडौं ।
डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् ।गएरातिदेखि पण्डित सम्पर्कविहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले पुष्टि गरेका छन् ।
‘बडीगार्डलाई पनि छाडेर एक्लै निस्किनुभएको हुँदा हिजोदेखि सम्पर्कमा नआएको खबर भएपछि खोजीमा टोली परिचालन गरेका छौं’ उनले भने, ‘अहिले यहाँ नेटवर्कको पनि समस्या छ, त्यसैले खोजीमा केही जटिलता छ ।’
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend