logo
  • शुक्रबार, असोज ३० २०८३


  • आइतबार, भाद्र १० २०८०

१० भदौ, काठमाडौ ।

ललिता निवास जग्गा अनियमितता प्रकरणमा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अभियोगपत्रको खाका तयार पारेको छ । शनिबार रातिसमेत गरी सरकारी वकिलको टोलीले अभियोगपत्रको मस्यौदा तयार गरेको हो ।

‘हामीले केही सीमित विषयमात्रै टुंग्याउन बाँकी छ, विहान ८ बजे निर्णय गरेर अभियोगपत्र प्रिन्ट गर्ने र अदालत खुल्नासाथ बुझाउने तयारी छ,’ जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं स्रोतले भन्यो, ‘मुद्दा लैजान ढिलाइ हुँदा मुद्दाका पक्षहरुबाट अस्वभाविक चासो र दवाव आउने भएकाले अदालत खुल्नासाथ अभियोगपत्र दर्ता गर्ने तयारी हो ।’

एक सरकारी वकिलका अनुसार, बिहान ९ बजेभित्रमा तीनवटा विषयमा औपचारिक निर्णय हुनेछ ।पहिलो, मुद्दामा संगठित अपराधको अभियोगमा मागदाबी लिने वा नलिने भन्नेबारेमा केही विवाद देखिएको छ, त्यसवारे निर्णय हुनेछ ।दोस्रो, प्रहरीले मुद्दा चलाउने राय दिएका पूर्वमन्त्रीहरुलाई मुद्दा चलाउने कि नचलाउने भन्नेबारेमा समेत निर्णय हुनेछ ।

तेस्रो,पहरीले बहालवाला सचिव कृष्णबहादुर राउतलाई मुद्दा नचलाउने राय दिएको छ, तर उस्तै प्रकृतिका अरु सबैलाई मुद्दा चलाएर उनलाई नचलाउने निर्णय कसरी मुद्दा नचलाउने निर्णय लिने भन्नेवारेको अलमल समेत टुंगिएको छैन ।

‘यसबारेमा कार्यालय प्रमुखले विभागिय प्रमुख (महान्यायाधीवक्ता)सँग समेत राय लिनुभएको छ,’ स्रोतले भन्यो, ‘त्यसैका आधारमा निर्णय भएर मुद्दा दर्ता गर्नेछौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend