logo
  • शुक्रबार, असोज ३० २०८३

नयाँ भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारणलाइनको उद्घाटन


  • मंगलबार, भाद्र ५ २०८०

५ भदौ, काठमाडौं ।

नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सो सबस्टेसनसँगै हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीमा मर्स्याङ्‍दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत निर्माण गरिएको ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जीआईएस)’ प्रविधिमा आधारित सबस्टेसनको उद्घाटन गरेका हुन् ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइन निर्माण गरिएको हो । सबस्टेसनको लागत १ अर्ब ५२ करोड र प्रसारणलाइनको लागत ५ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

नयाँ भरतपुर सबस्टेसन परिसरमा आयोजित उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले नयाँ भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारणलाइन पूर्वपश्चिम विद्युत आपूर्तिका लागि रणनीतिक महत्वको रहेको बताए । प्रधानमन्त्री प्रचण्डले देशभित्र उत्पादित विद्युत यहीं खपत गरी नागरिकको जीवनस्तरमा सुधार गर्न तथा विकासमा तिब्रता दिन र अतिरित्त भएको विद्युत निर्यात गरी अर्थतन्त्रलाई समृद्ध बनाउने गरी काम भइरहेको उल्लेख गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend