logo
  • शुक्रबार, असोज ३० २०८३

जबरजस्ती करणी आरोपमा युवा संघ बेलबारीका अध्यक्ष पक्राउ


  • आइतबार, भाद्र ३ २०८०

३ भदौ, विराटनगर ।

बलात्कारको आरोपमा प्रहरीले नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङलाई पक्राउ गरेको छ ।

मोरङको बेलबारी नगरपालिका-१० घर भएका ३४ वर्षीय तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । एक २० वर्षीया युवतीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

युवतीले दिएको जाहेरीमा असार २ गते बलात्कार गरेको भन्ने उल्लेख छ । तामाङविरुद्ध साउन २४ गते किटानी जाहेरी परेको थियो ।तामाङ पोललाइट रेस्टुरेन्टमा सञ्चालक पनि हुन् । सोही रेष्टुरेन्टमा बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend