साउन ३२
बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले क्षेत्रगत भेला तथा क्षेत्रीय समितीको अधिवेशन गर्न शुरु गरेको छ। बिहीवार बुटवल रानिगञ्ज क्षेत्रमा एक कार्यक्रमको आयोजना गर्दै भेला तथा समितीको अधिवेशन शुरु गरिएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष मोहन प्रसाद बस्यालले संघले सबै ब्यवसायलाइ एकीकृत गर्नको लागि क्षेत्रगत भेला गर्दै क्षेत्रीय समिती गठन गर्न लागेको बताए। उनले संघले अहिले सम्म गर्दै आएका कामको बारेमा बताउदै क्षेत्रीय समितीले यी कामलाई अझै प्रभावकारी बनाउदै सहज पहुचको लागि सजिलो हुने बताए।

कार्यक्रममा बोल्दै संघका सल्लाहकार कृष्ण पाण्डेले स्थापनाको उद्देश र गर्ने कामहरुको बारेमा जानकारी गराउदै आफ्नो ब्यवसायलाइ सानो सोच्दा ठुला ब्यवसायीले हेपेको अनुभव हुने गरेको सुनाए। उनले खुद्रा ब्यवसाय प्रत्यक्ष रुपमा ग्राहक एवं उपभोक्ता समक्ष पुर्याउन सक्ने भएकोले आत्मविश्वास बलियो बनाएर ब्यवसाय गर्न आग्रह गरे।उनले वडा कार्यालयले संघको बहुउद्देश्यीय भवन बनाउनको लागी जग्गा उपलब्ध गराएमा सामाजिक उत्तरदायीत्वका हरेक गतिविधि सबै यहि क्षेत्रमा गर्ने प्रतिबद्धता ब्यक्त गरे।

कार्यक्रममा सचिव गोपाल प्रधान, नमस्ते टोल बिकास सस्थाका अध्यक्ष कृष्णमाया पाण्डे, होटल तथा रेष्टुरेष्ट ब्यवासयी संघ रुपन्देहीका सदस्य केसव पाण्डेय
स्थानीय ब्यवसायी छबि राजकोटी,राजनीतिक दलका प्रतिनिधिहरु लगायतले बोलेका थिए।
कार्यक्रममा छवि रास्कोटिको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ। सह संयोजकाअ कमल बस्नेत, सचिवमा कृष्ण कुमारी पाण्डेय, सह सचिवमा कबिता बुढाथोकी, सदस्यहरुमा शालिकराम खड्का,राधा सुवेदी,खगेश्वर चापागाईं,बिमला तिवारी, बिनु पाईजा मगर सर्वसम्मत चयन भएका छन । सल्लाहकारहरुमा दिनेश भुसाल,गिरिराज वस्ती र धान बहादुर सिंजाली चयन भएका छन।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend