logo
  • शुक्रबार, असोज ३० २०८३

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ


  • बिहिबार, साउन ३२ २०८०

काठमाडौं ।

काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर डेरा गरी बस्ने काभ्रेपलान्चोक धुलिखेल नगरपालिका-८ घर भएकी ४५ वर्षीया लक्ष्मी तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ४ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend