logo
  • शुक्रबार, असोज ३० २०८३

अखाद्यवस्तु बेचबिखन गरेको पाइएपछि पैँचो पसललाई जरिवाना


  • बिहिबार, साउन ३२ २०८०

बुटवल ।

अदातलले न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण गरेको भन्दै पैँचो पसल प्रा.लि.लाई जरिवाना गर्ने फैसला गरेको छ। गुल्मी जिल्ला अदालतले टमाटरको ससमा कम गुणस्तरको पदार्थ प्रयोग गरी निर्माण गरेको भन्दै गुल्मी जिल्ला अदालतले पैचो पसलका अध्यक्ष ध्रुव न्यौपानेलाई ५० हजार रुपैँया जरिवाना तोकेको हो ।

पैंचो पसलको नामबाट अधिकांश कृषिजन्य वस्तु उत्पादन हुन्छ। पैंचो पसलले गुल्मीमा उत्पादन गरी त्यहाँ र बुटवलमा बिक्री गर्दै आएको छ। खाद्य पदार्थ तथा गुण नियन्त्रण विभागले २०७८ सालमा गरेको अनुगमनका क्रममा पैँचो पसले उत्पादन गरेको उक्त ससमा अखाद्य बस्तु भेटिएपछि बिभागको तर्फबाट कर्मचारी प्रमिला राईले ०७९ चैत १४ मा पैचो पसल प्रा.लि. बिरुद्ध जिल्ला अदालतमा जाहेरी दिएकी थिईन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पैचो पसलले खाद्य सम्वन्धी ऐन २०२३ बमोजिम तोकिएको मापदण्ड भन्दा कम गुणस्तरको टमाटरको सस उत्पादन गरेको प्रतिवेदन पेश गरेपछि सोही प्रतिवेदनलाई आधार बनाएर कारवाही स्वरुप जरिवाना तोकिएको गुल्मी जिल्ला अदालतले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend