दाङ्ग ।
लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आज २९ औं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गरि देश विदेशमा रहेका लुम्विनी प्रदेशवासी आदिवासी जनजाति समुदायलाई शुभकामना व्यक्त गरेकाछन्। बुधवार विहान सभामुख घर्तीमगरले जारी गरेको सन्देशमा विभेदमा पारिएका समुदायको उत्थान र हक अधिकार स्थापित गर्ने सन्दर्भमा लुम्विनी प्रदेश सभा महत्वपुर्ण नीति र कानुन निर्माणमा प्रतिवद्ध रहेको उल्लेख गरिएको छ ।
उनले समुदाय विच आपसी सम्वन्ध र भातृत्वको विकास गर्न दिवसले महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् एउटा समुदायले अर्काे समुदायलाई सम्मान गर्ने, अस्थित्व स्वीकार गर्ने र आत्मसम्मान गर्ने बातावरण श्रृजना गरी एकतावद्ध हुन आवश्यक रहेको र एकले अर्का समुदायमा असन्तुष्टी पैदा हुने कार्यबाट सबै सतर्क बन्नु जरुरी रहेको समेत शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
आफ्नो अधिकारको लागि संगठित भई आवाज उठाउदै आउनु भएका आदिवासी जनजाति समुदायको सशक्तिकरण गर्न र आर्थिक रुपमा समेत यो समुदायलाई सशक्त बनाउदै राज्य संचालनमा पहुंच वृद्धि गर्न आदिवासी युवाहरुको सक्रियता र सशक्तिकरणमा जोड दिनु पर्न आवश्यकता औल्याउनु भएको छ ।
सभामुख घर्ती मगरले शसुभकामना सन्देशमा – आदीवासी जनजातिका अगुवाहरुले सोही अनुसारको नीति अवलम्वन गरी सिंगो आदिवासी जनजातिको अभियानलाई सफल बनाउन तथा आदिवासी समुदायको वृहत्तर हितको लागि युवा पंतिलाई अगाडी वढाउन पनि यो दिवसले प्रेरणा प्रदान गर्ने छ । विश्व आदिवासी दिवसको अवसरमा पुनः सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।” उल्लेख गरेका छन्
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend