logo
  • शुक्रबार, असोज ३० २०८३

विद्यालय परिसरमा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक


  • बुधबार, साउन २० २०८३

बुटवल । साउन २०
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय परिसरमा मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरण नगर्न आग्रह गरेको छ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले सूचना जारी गर्दै विद्यालयको शैक्षिक वातावरण र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै विद्यालय परिसरमा यस्ता पदार्थको बिक्री–वितरण रोक्न सबै विद्यालयलाई अनुरोध गरेका हुन्।
सूचनामा विद्यालय परिसरमा मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री–वितरण भइरहेको पाइए प्रचलित कानुनबमोजिम कारबाही हुने समेत उल्लेख गरिएको छ। यसका लागि प्रभावकारी अनुगमन गरिने उपमहानगरपालिकाले जनाएको छ।
विद्यालयलाई सुरक्षित, स्वस्थ र धूम्रपान तथा मदिरामुक्त क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले उक्त कदम चालिएको उपमहानगरपालिकाको भनाइ छ। नेपालमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण सम्बन्धी कानुनी नियमनसमेत रहेको छ।
उपमहानगरपालिकाले सबै वडा कार्यालयलाई समेत सूचनाको कार्यान्वयन र अनुगमनमा सहयोग गर्न आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend