बुटवल, जेठ ३०
सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीको आयोजनामा शनिबार बुटवलमा सम्पन्न स्टेम ९क्त्भ्ः० प्रतियोगितामा नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०को जनसेवा माध्यमिक विद्यालय, सुनवल प्रथम भएको छ।
रूपन्देही तथा नवलपरासी ९बसुप० जिल्लाका विज्ञान समूहमा कक्षा ११ र १२ अध्ययनरत तथा प्राविधिक धार सञ्चालन गरेका विद्यालयहरूबीच भएको प्रतियोगितामा जनसेवा मावि सुनवल प्रथम, जगन्नाथ मावि सुनवल द्वितीय तथा नवीन औद्योगिक कदरबहादुर रिता मावि बुटवल तृतीय भएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास निर्देशनालय लुम्बिनी प्रदेशका निमित्त महानिर्देशक हरिलाल अर्याल ले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित ९क्त्भ्ः० सम्बन्धी प्रतिस्पर्धात्मक कार्यक्रमको अवधारणा अमेरिकाबाट सुरु भएको र पछि यसमा कला पनि समावेश गरिएको बताउनुभयो। उहाँले क्त्भ्ः शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका पेशा तथा प्रविधिमैत्री सीपप्रति प्रतिबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
सामाजिक विकास डिभिजन कार्यालय भैरहवा, रूपन्देहीका प्रमुख हरिबहादुर बिष्ट को अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा अधिकृत भागिरथ अधिकारीले सञ्चालन गर्नुभएको थियो।
प्रतियोगिताको मूल्याङ्कन समितिमा संयोजकका रूपमा हरिबहादुर बिष्ट तथा सदस्यहरूमा सीप विकास कार्यालय बुटवलका मेकानिकल इन्जिनियर शिवकुमार पगेनी, शिक्षा विकास तथा समन्वय इकाई नवलपरासीका शाखा अधिकृत सुवास चन्द्र गौतम र देवदह नगरपालिकाका सूचना प्रविधि अधिकृत बाबुलाल थापा रहनुभएको थियो।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नवलपरासीका शाखा अधिकृत सुवास चन्द्र गौतम, नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत तथा सामाजिक विकास डिभिजन कार्यालयका लेखा अधिकृत टोपप्रसाद पोखरेल लगायतले क्त्भ्ः शिक्षाको महत्वबारे धारणा व्यक्त गर्नुभएको थियो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार शिक्षा विकास निर्देशनालयका निमित्त महानिर्देशक हरिलाल अर्याल र सामाजिक विकास डिभिजन कार्यालय प्रमुख हरिबहादुर बिष्टले संयुक्त रूपमा वितरण गर्नुभएको थियो।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend