logo
  • शुक्रबार, असोज ३० २०८३

नवीन माविमा विज्ञान प्रदर्शनी २०८२ सम्पन्न, विद्यार्थीका नवप्रवर्द्धन प्रस्तुत


  • शुक्रबार, चैत्र २७ २०८२

बुटवल, चैत २७
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय, देवीनगरमा विज्ञान विषय प्रवर्द्धन कार्यक्रम तथा विज्ञान प्रदर्शनी २०८२ शुक्रबार सम्पन्न भएको छ।कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं। ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले विद्यालयले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेको उल्लेख गर्दै विज्ञान तथा प्रविधिको क्षेत्रमा पनि उत्कृष्टता हासिल गर्न यस्ता प्रदर्शनी प्रभावकारी हुने बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीलाई नयाँ आविष्कार र नवप्रवर्द्धनतर्फ प्रेरित गर्नुका साथै सिकाइ प्रक्रियालाई अझ सहज बनाउने धारणा राखे। प्रदर्शनीले विद्यार्थीको सिर्जनशीलता, ज्ञान र सीपलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेकोमा उनले प्रशंसा व्यक्त गरे।प्रदर्शनी अन्तर्गत स्टल नं। १ मा रहेका प्रमोद आचार्य, सागर विक र राकेश कुमार चौधरीको समूह प्रथम भयो। स्टल नं। ५ का सिर्जना यादव, एलिशा थापा, टिकादेवी चौधरी र ऐश्वर्या सिंजालीको समूह द्वितीय भए भने स्टल नं। ७ का अन्सुल हिताङ्ग र अभिनास भुसालको सिभिल इन्जिनियरिङ समूह तृतीय घोषित भए।प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार वितरण मूल्यांकन समितिका संयोजक सहप्राध्यापक मेघनाथ आचार्य, सदस्य उपप्राध्यापक योगराज पोखरेल तथा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले गरेका थिए।प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरीको सञ्चालन रहेको थियो भने स्वागत मन्तव्य भौतिकशास्त्र शिक्षक तथा सहजिकरण संयोजक विनय कुमार विकले राखेका थिए।

मूल्यांकन समितिमा सहप्राध्यापक मेघनाथ आचार्य, उपप्राध्यापक योगराज पोखरेल तथा भौतिकशास्त्र शिक्षक बाबुराम पौडेल रहेका थिए।

विद्यालयले विज्ञान विषय प्रवर्द्धन अन्तर्गत आठ वटा स्टलमार्फत विद्यार्थीका विभिन्न परियोजना प्रस्तुत गरेको थियो। सो अवसरमा नवीन बाजा समूहका विद्यार्थीहरूले कक्षा ११ र १२ का सामाजिक विषय शिक्षक अनिल पहाडीको नेतृत्वमा उपप्राध्यापक योगराज पोखरेलको गीतमा बाजा प्रस्तुति दिएका थिए। साथै विद्यार्थी प्राप्ती परियारले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend