बुटवल . खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले आर्थिक वर्ष २०८३ का लागि भित्ते पात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोमबार बुटवलमा आयोजित कार्यक्रममा संघका सल्लाहकार टिकाराम गैरले भित्ते पात्रो विमोचन गरेका थिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले नयाँ वर्ष २०८३ को अवसरमा संघमा आबद्ध सम्पूर्ण सदस्यहरूको स्वास्थ्य, समृद्धि तथा व्यवसायिक प्रगतिको कामना गरेका थिए। वक्ताहरूले संस्थालाई अझ सशक्त र प्रगतिशील बनाउन पूर्व अध्यक्षदेखि नयाँ सदस्यसम्म सबैबीच कार्यगत एकता आवश्यक रहेकोमा जोड दिएका थिए।
साथै, खुद्रा किराना व्यवसायीहरूको हकहित संरक्षणका लागि एकजुट भएर काम गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष टिकाराम गैर, सल्लाहकार दधिराम ज्ञवाली, लेखा समिति संयोजक शंकर पाण्डेय, पूर्व अध्यक्षहरू मोहन बस्याल र ज्ञानप्रसाद न्यौपाने, सल्लाहकार कृष्ण पाण्डेय, क्यालेन्डर उपसमिति संयोजक तथा सचिव कुलचन्द्र गौतम, सुख्खानगर क्षेत्र संयोजक नारायण भुसाललगायतले मन्तव्य राख्दै व्यवसायीका समस्या समाधानका लागि राज्यलाई थप दबाब दिनुपर्नेमा जोड दिएका थिए।
संघका अध्यक्ष गोपाल प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य ज्ञानप्रसाद न्यौपानेले व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव यामलाल बेल्वासेले गरेका थिए।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend