logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवलमा ‘डी(म्याक्स डिजिटल बी(टु(सी समिट’ सुरु, 


  • शुक्रबार, चैत्र १३ २०८२

बुटवल । कम्प्युटर एसोसिएसन नेपाल ९क्यान० महासङ्घ रुपन्देहीको आयोजनामा ‘डी(म्याक्स डिजिटल बी(टु(सी समिट’ आजदेखि बुटवलमा सुरु भएको छ ।
दुई दिने समिटको उद्घाटन गर्दै  बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले  प्रविधिको प्रयोग  जीवनशैलीमा धेरै सहज भएको बताए । उनले
समिटमा सूचना प्रविधिका नवीनतम प्रविधि, उत्पादन तथा सेवाहरूको प्रदर्शनी हुँदा त्यसको लागि बुटवलवासीले लिनु पर्ने बताए ।
क्यान महासङ्घले विगत २६ वर्षदेखि देशभर सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सन्दर्भमा यस समिटलाई विशेष महत्वका साथ आयोजना गरिएको छ।
उनका अनुसार समिटमार्फत विश्व बजारमा आएका नयाँ प्रविधिबारे जानकारी गराउने, व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने तथा उपभोक्ता र व्यवसायीबिच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने लक्ष्य राखिएको छ ।
दुई दिनसम्म सञ्चालन हुने समिटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरूको सहभागिता रहेको छ । मुख्य प्रदर्शनी हलमा हार्डवेयर, पावर सोलुसन, सफ्टवेयरलगायत प्रविधिसम्बन्धी २८ वटा स्टल राखिएका छन् ।
समिटमा कुनै पनि सामानको प्रत्यक्ष खरिद(बिक्री गरिने छैन, तर बुकिङको सुविधा उपलब्ध रहेको क्यान रुपन्देहीका सचिव सुरेश भट्टराईले जानकारी दिए । कार्यक्रम अन्तर्गत चैत १४ गते ‘बी(टु(बी समिट’ पनि आयोजना गरिनेछ, जसले स्थानीय व्यवसायी र अन्तर्राष्ट्रिय आयातकर्ताबिच सहकार्य बढाउने विश्वास गरिएको छ ।
समिटमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आयोजकले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, शैक्षिक संस्था, आईटी विद्यार्थी तथा व्यवसायीहरूलाई समिट अवलोकन गर्न आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend