logo
  • शुक्रबार, असोज ३० २०८३

नवीन माविका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको दोस्रो त्रैमासिक


  • शुक्रबार, माघ २४ २०८२

नवीन माविका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको दोस्रो त्रैमासिक परीक्षाफल
बुटवल, माघ २३
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा व्यवस्थापन, विज्ञान, कानुन र शिक्षा समूहमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको दोस्रो त्रैमासिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
उक्त अवसरमा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका शाखा अधिकृत झविलाल वि।क। ले विद्यार्थीहरू आफ्नो लक्ष्यमा पुग्न त्याग र समर्पण आवश्यक हुने र विद्यालयले विद्यार्थीको सर्वपक्षीय विकासको लागि उपयुक्त वातावरण तयार पारेकोमा जोड दिँदै विद्यार्थीहरूमा पछिल्लो समय अध्ययन गर्ने वानी बिस्तारै कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै धेरै अभिभावकहरू र विद्यार्थीहरूको विद्यालयमा अध्ययन गर्ने रुचि भएता पनि विद्यालयको भौतिक पूर्वाधारको कमीले सबै अभिभावकको चाहना पुरा हुन नसकेको बताउनु भयो ।

विद्यार्थीहरूलाई लक्ष्यमा पुग्न योजना बनाइ समय सारिणी अनुसार अध्ययन गरेमा सफलता प्राप्त गर्न सकिने र अहिले नैतिकताको खडेरी परेको समयमा यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले नैतिकवान् र अनुशासन प्रदर्शन गरेकोमा प्रशंसा व्यक्त गर्नु भयो ।
बुटवल उपमहानगरपालिका वडा नं। ११ का वडा अध्यक्ष एवं विद्यालयका संरक्षक रामचन्द्र क्षेत्रीको अध्यक्षतामा व्यवस्थापन समूह कक्षा ११ की छात्रा सजिता कोइरालाको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले दोस्रो त्रैमासिक परीक्षाको नतिजाको समीक्षा तथा नतिजा प्रकाशन गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनाल, सहायक प्रधानाध्यापक तथा शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरे, व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी लगायतले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा उच्च जिपिए ल्याउने विद्यार्थीहरूलाई नगद र पुरस्कार वितरण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend