logo
  • शुक्रबार, असोज ३० २०८३

संकास्पाद मृत्युमा प्रहरीले चासो नदिएको गुनासो 


  • आइतबार, साउन ७ २०८०

बुटवल, ७ साउन ।
बुटवल उपमहानगरपालिकाको वार्ड ५ विकास पथ निवासी २० वर्षीय सुमन बिकेको मृत्यु शङ्कास्पद भएको परिवारले दाबी गरेको छ । असार २४ गते राति तिनाउ नदीमामृत भेटिएकाबिकेको परिवारजनले आजबुटवलमा पत्रकारलाई  सम्मेलन गरेर प्रहरी प्रशासनलाई  निष्पक्ष छानबिन र न्याय दिलाउन आग्रह गरेका छन्  ।
मृतक असार २४ गते राती बुटवलमा रहेका अनुप दाइको घरमा जान्छु भनेर हिँडेको थिए । यसपछि बुटवलको एक क्वलमा साथीहरूसँग राती गएका विक बिहान ६ बजे घर नजिकै मृत भेटिएका थिए ।
बुबा रस बहादुर विकले तिनाउ नदिको झुलगे पुलमा चप्पल भेटिनु र सिसिटिभीमा फुटेजमा  पुलतिर गएको देखिए पनि लास तल भेट्नुले कसैले हत्या दाबी गरे । उनने भर्ने आत्महत्या गर्ने खालको मान्छे होइन बरु लड्ने मान्छे हो त्यस कारण यो कसैले योजनाबद्ध रूपमा हत्या गरेको छ ,।
उनले हत्या भएको अहिले १५ दिन बित्दासमेत प्रहरीले अनुसन्धान हुदैछ भन्दै आफूलाई पकाउँदै गरेको गुनासो गरे। दिदी सुनिता विकले आत्महत्या गर्ने प्रकृतिको भाइ नभएको भन्दै हत्या नै भएको दाबी गरिन्।
सिसिटिभी फुटेज हेर्दा उनी सिद्धार्थ क्याम्पससम्म पुगेको स्पष्ट भेटिएको त्यसपछि भने तिनाउ झोलुङ्गे पुलबाट थप जानकारी नदेखिएको बताइन ।  मृत शरीर घर नजिक पक्की पुलमा भेटिनु र उसले लगाएको चप्पल भने झोलुङ्गे पुलमा भेटिएको हुँदा पनि शङ्का बढेको उनको जिकिर रहेको छ । प्रहरीलाई सिसिटिभी फुटेज उपलब्ध गराउने देखी आवश्यक जानकारी दिने काम गरे पनि कुनै प्रगति नदेखिएको हुँदा राम्रो अनुसन्धान र छानबिन गर्न दबाब स्वरूप विरोध कार्यक्रम गर्ने तयारीमा रहेको बताइन ।
इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरी नायब उपरीक्षक दान बहादुर थापाले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताउँदै मृतकको मोबाइल डाटाबाट साथीहरूसँग क्लबमा जानेदेखि घर फर्किदा सम्मका सबै कुराहरू भेटिएको खुलाए ।उनको शव भेटिएको स्थान नजिक खुटा अड्किएको र डुबेको अवस्थामा भेटिएको बताउँदै ज्यान सम्बन्धी भएकाले लामो समयसम्म अनुसन्धान हुनसक्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend